स्मार्ट फोन, स्मार्ट वाच वा अन्य अत्याधुनिक
ग्याजेटहरुमा समेत ब्याट्रीको आयु सबैभन्दा कमजोरीको विषय तथा उपभोक्ताको टाउको
दुखाइको रुपमा रहँदै आएको छ ।
तर अब यो समस्या
छिटै समाधान हुने भएको छ र यसका लागि एउटा प्रविधिलाई धन्यवाद दिनैपर्छ ।
यो
प्रविधिले ब्याट्रीको आयुलाई दशकौँसम्म लम्बाउने सकिने देखाएको छ ।
सेमीकण्डक्टर
निर्माता अमेरिकी कम्पनी अटमेलले यस्तो चिप्स (माइक्रोकन्ट्रोलर) निर्माण गरी
सार्वजनिक गरेको छ जसले यति धेरै उर्जा बचत गर्छ की मान्छेको जिउबाट समेत
अल्ट्रा लो पावर
माइक्रोकन्ट्रोलर्सको नाम एसएएम एल दिइएको छ जुन अटमेलको ३२ बिट आर्म बेस्ड
माइक्रोकन्ट्रोलर प्रोसेसरको पछिल्लो संस्करण हो ।
अटमेलका अनुसार यी
माइक्रो कन्ट्रोलर अर्थात् एमसियुले ग्याजेटको ब्याट्रीको आयु वर्षौँ देखि दशकौँ
सम्म लम्बाउन सक्छन् । विद्यमान अन्य चिप्सहरु भन्दा अटमेलको यो चिप्सले एक तिहाइ
मात्र उर्जा खपत गर्ने र परीक्षणबाट यो चिप्स अहिलेसम्मकै कम उर्जा खपत गर्ने माइक्रोप्रोसेसर
रहेको प्रमाणित भएको अटमेलले जनाएको छ ।
अटमेलका निर्देशक
एन्ड्रेस इल्याण्डले कन्जुमर इलेक्ट्रोनिक्स शो का क्रममा उक्त चिप्सयुक्त
प्यानलमा आफ्नो हात राखेर रेडियो बजाएर देखाए । उक्त चिप्सले आफ्नो हातबाट जिउको
उर्जालाई शोषण गरी कसरी रेडियो समेत चलाउन उर्जा प्रवाह गर्छ भन्ने कुरा उनले
देखाएका थिए ।
यो चिप्स
पाइजोइलेक्ट्रीक पदार्थबाट बनेको छ । जसले तापक्रमको घटबढका क्रममा प्यानल
तन्किँदा विद्युतिय चार्ज पैदा गर्दछ । कम्पनीका अनुसार यो प्रविधि भविष्यमा फोन
तथा ट्याब्लेटहरुमा समेत प्रयोग गर्न सकिने सम्भावना छ ।

0 comments:
Post a Comment