जन्मिँदा छोरी बनेर जन्मिएका चेलीहरु जब ११-१२ वर्ष उमेरका हुन्छन् तब आफै छोरा बन्दछन् । सुन्दैमा अपत्यारिलो, अनौठो तथा विचित्र लाग्ने यो कुनै कथाको कल्पना होइन, एउटा गाउँको वास्तविकता हो ।
हो, डोमिनिक गणतन्त्र नामक देशको दक्षिण पश्चिमी इलाकामा पर्ने स्यालिनास
नामक गाउँमा केटीहरु किशोरावस्थामा
प्रवेश गर्नैलाग्दा आफसेआफ केटा बन्ने गरेका छन् ।
कुनै अत्याधुनिक लिंग परिवर्तन उपचारका कारण होइन एउटा अनौठो तथा भयानक रोगका
कारण गाउँका चेलीहरु बैँश नजाग्दै केटा बन्न बाध्य छन् ।
गाउँमा केटीहरु आफै केटा बन्ने कुरा यति सामान्य भैसक्यो की
अब यसलाई सबैले स्विकार गरिसके र अचम्म मान्न छाडिसके ।
डाक्टरहरुका अनुसार गर्भावस्थामा हुने आनुंवशिक रोगका कारण बच्चालाई अत्यावश्यक इन्जाइम नपुग्दा
यस्तो हुन्छ । गर्भावस्थामा भ्रुणलाई डिहाइड्रोटेस्टेस्टेरोन
नामक पुरुष हर्मोन राम्रोसँग उत्सर्जन हुन पाउँदैन । बच्चा जन्मिएर बच्चा एघार बाह्र वर्षको भएपछि मात्र हर्मोन सन्तुलन हुने र बच्चाको
लिंगको आकार बढेर बल्ल केटाजस्तो देखिने गर्छ ।
यद्यपि जन्मिँदा पूर्णरुपमा केटी रहेका बच्चाहरु पछि केटा बन्ने चाहीँ होइन ।
हर्मोनको गडबडीका कारण कतिपय बच्चामा लिंग नै नपलाउने र लिंग नै नभएका कारण उक्त बच्चा केटा भएपनि बावुआमाले छोरी ठान्ने गरेका हुन् । नठानुन् पनि
किन छोराको यौनाग हुने ठाउँमा छोरीको यौनांग जस्तै पिसाब फेर्ने सानो प्वाल मात्र भएपछि । तर जन्मिसकेर उमेर बढ्दै गएपछि उक्त ठाउँमा लिंग पलाउने र
पछि पूर्ण आकारको लिंग तयार भैसकेपछि त्यो बच्चालाई पूर्ण छोरा बनेको ठान्ने गर्छन् गाउँलेहरु ।
अहिले २४ वर्ष उमेर भएका जोनी नामका एक युवक पनि सानोमा केटी थिए । उनको नाम
फेलेसिटिया थियो । उनको लिंग नभएका कारण बाआमाले उनी छोरी भएको ठाने । उनलाई छोरीकै कपडा लगाइदिने, छोरीकै खेलौना दिने तथा स्कुलमा पनि केटीकै समूहमा बसालियो । तर
पछि उनको लिंग पलाएपछि बुवाआमाले उनी छोरा भएको
स्विकारे र नाम बदलिदिए ।
यो गाउँमा जन्मिने हरेक ९० जना बच्चा मध्ये एउटा बच्चा यस्तो जन्मिने गरेको छ की ऊ जैविक रुपमा
केटा भएपनि लिंग नपलाएको कारणले छोरी ठानिन्छ ।
१२ वर्षको उमेरमा छोरीहरु छोरा बन्ने यो रोगलाई गुएवेडोसेज
भनिन्छ । जसको अर्थ हुन्छ, १२ वर्षमा लिंग ।

0 comments:
Post a Comment