चार्ज
गर्ने बेलामा मोबाइलको ब्याट्री पड्केर दुर्घटना हुने गरेको र मानिसहरु
घाइते हुने वा ज्यानै जाने गरेका घटनाहरु बेलाबेलामा सुनिने गरिन्छ ।
मोबाइल फोन पछिल्लो समयमा मानिसहरुको दैनिक जिवनयापनको अनिवार्य उपकरण बन्दै
गएकेा छ र मोबाइल
फोनमा मानिसले बिताउने समय पनि बढ्दै गएको छ ।
मोबाइल
फोनको प्रयोग जति बढ्दै गएको त्यसबाट हुने जोखिम तथा क्षति पनि बढ्दै
गएको छ । कतिपय अवस्थामा मोबाइल पड्केर मानिसको ज्यानै जाने वा घाइते
हुने अवस्था समेत आएको छ । यसले हामीलाई पनि डर लाग्छ, कतै मैले प्रयोग गरिरहेको मोबाइल,
ट्याब्लेट तथा ल्यापटप लगायतका ग्याजेट पड्केर आफैलाई
परमधाम पो पूराउने हो की ?
तर आत्तिइहाल्नुपर्ने
छैन । अलिकति होसियारी अपनाउने हो भने ग्याजेटको ब्याट्री पड्केर हुने दुर्घटनाबाट बच्न
सकिन्छ । कतिपय अवस्थामा मोबाइल फोन निर्माण गर्दा कारखानामै हुने प्राविधिक
गल्ती वा कमजोरीका कारण बाहेक सद्दे ग्याजेट उपभोक्ताको घरमा आफै
पडि्कने वा विस्फोट हुने सम्भावना निकै कम हुन्छ ।
बेलाबेलामा
अन्तराष्ट्रिय ग्याजेट निर्माताहरुले बजारमा पठाइसकेका आफ्ना
विभिन्न ग्याजेटका
ब्याट्रीहरुमा केही प्राविधिक कमजोरी पाइएसँगै त्यस्ता ब्याट्रीलाई फिर्ता लिने गर्छन् । केही
समय पहिला डेल तथा एप्पलले आफ्ना ल्यापटपका ब्याट्रीहरुमा देखिएको
कठिनाइका कारण बजारमा पठाएका कतिपय ल्यापटप फिर्ता लिए जसका कारण ६० लाख
ल्यापटप प्रभावित भए । तर यति ठूलो संख्यामा ल्यापटपका ब्याट्रीमा डिफेक्ट
देखिनु पनि अनुपातको हिसाबले भने निकै कम अर्थात् केवल २ लाख ल्यापटपमा
एउटा ल्यापटप मात्र खराब भएको पाइनु हो ।
कतिपय अवस्थामा
उत्पादककै कमजोरीका कारण ग्याजेटको ब्याट्री पडि्कन सक्छ भने कतिपय अवस्थामा प्रयोगकर्ताको लापरवाहीका
कारण । आधुनिक रिचार्जेबल लिथियम आयोन ब्याट्रीमा थर्मल रनअवे
अर्थात बढि तातेर पडि्कने खतरालाई निस्तेज गर्ने प्रविधि राखिएको हुन्छ ।
चार्ज गर्ने बेलामा यस्ता ब्याट्री पडि्कनु भनेको उल्लेखित सुरक्षा
प्रणालीमा खलल पुग्नु हो ।
यद्यपि यो दुनियामा
शतप्रतिशत सुरक्षित भन्ने चिज केही छैन । तरपनि निम्नानुसारका सावधानीका उपाय अपनाउने
हो भने तपाइँले आफ्नो मोबाइल फोन पडि्कने तथा त्यसबाट हुने सम्भावित
दुर्घटनाबाट आफुलाई बँचाउन सक्नुहुन्छ :
१. मोबाइललाई ठोकठाक
नगर्नुस् :
कहिलेकाहीँ
रिसका कारण मोबाइल फ्याँकिन्छ भने कहिलेकाहीँ विभिन्न कारणले ठोकठाक
पारिएको हुन्छ । त्यस्तै मोबाइललाई आगो वा माइक्रोवेभको तातोमा पनि राख्नु
हुँदैन । यसो गर्दा मोबाइलको ब्याट्रीमा असर पुग्ने र त्यसका कारण
मोबाइलको ब्याट्री पडि्कने खतरा हुन्छ ।
२. धेरै चिसो
वातावरणमा रिचार्ज नगर्नुस् :
लिथियम आयोन ब्याट्री कहिल्यैपनि पानी जम्ने चिसो अर्थात् शुन्य डिग्री सेल्सियस भन्दा चिसो मौसममा रिचार्ज गर्नु हुँदैन । किनकी यस्तो बेलामा रिचार्ज गर्दा ब्याट्रीमा ब्याट्रीभित्र हानिकारक रासायनिक प्रतिक्रिया उत्पन्न हुने र त्यसले ब्याट्रीमा लिथियमको स्थायी लेपन निर्माण भई ब्याट्री पूर्ण रुपमा निकम्मा हुन सक्छ । यस्तो बिग्रेको ब्याट्री पुन चार्ज गर्दा त्यो पडि्कने डर पनि हुन्छ।
लिथियम आयोन ब्याट्री कहिल्यैपनि पानी जम्ने चिसो अर्थात् शुन्य डिग्री सेल्सियस भन्दा चिसो मौसममा रिचार्ज गर्नु हुँदैन । किनकी यस्तो बेलामा रिचार्ज गर्दा ब्याट्रीमा ब्याट्रीभित्र हानिकारक रासायनिक प्रतिक्रिया उत्पन्न हुने र त्यसले ब्याट्रीमा लिथियमको स्थायी लेपन निर्माण भई ब्याट्री पूर्ण रुपमा निकम्मा हुन सक्छ । यस्तो बिग्रेको ब्याट्री पुन चार्ज गर्दा त्यो पडि्कने डर पनि हुन्छ।
३. ब्राण्ड विनाका
कमसल ब्याट्री प्रयोग नगर्नुस् :
पछिल्ला
केही दशकयताको प्राविधिक क्रान्तिले विश्वलाई ससक्तिकरण गरेको छ
। प्रविधि उद्योग निकै फस्टाइरहेको छ भने विभिन्न उपकरण, पाटपुर्जा तथा ग्याजेट उत्पादक
कम्पनीहरुले सस्तो सामान उत्पादन गरेर निम्न तथा मध्यमवर्गको मन जित्ने प्रयास
गरिरहेका छन् ।
यस्ता
सस्ता खाले मोबाइल तथा ब्याट्री लगायतका उपकरणहरु देख्दा राम्रै
देखिएपनि त्यसमा सुरक्षित प्रविधिको प्रयोग गरिएको हुँदैन र निकै कमसल हुन्छन् ।
त्यसैले मोबाइल तथा अन्य ग्याजेट वा यसका ब्याट्री लगायतका पाटपुर्जा खरीद
गर्दा ब्राण्डेड सामान मात्र खरीद गर्नुहोस् विश्वसनीय बिक्रेताबाट । केही
महगो परोस् तर सुरक्षित तथा भरपर्दो सामान खरीद गर्नुहोस् जसबाट
पर्याप्त सुरक्षा, सन्तुष्टि
पाउन सकियोस्
केही महंगो मूल्य तिर्नुपरे पनि ।
कमलस
ब्याट्रीहरु पडि्कने डर धेरै हुन्छ । अझ एउटा ब्राण्डको मोबाइलमा अर्को
ब्राण्डको ब्याट्री हाल्ने नगर्नुस् । मोबाइल चार्ज गर्ने चार्जर पनि
जस्तोसुकै प्रयोग नगर्नुस् । किनकी कमसल चार्जरबाट बढि तथा असन्तुलित करेन्ट
प्रवाह हुने र त्यसले मोबाइल पडि्कने खतरा हुन्छ ।

0 comments:
Post a Comment