headline photo

कम्प्युटरको फोल्डर सरी लक गर्ने



आजको बसाइमा दैनिक जीवनमा कम्प्युटर प्रयोग गर्ने साथीहरुलाई कुनै कुनै बखतमा आवश्यक पर्ने फोल्डर लकरको रुपमा बताउन गइरहेको छु Folder Locker   एउटा यस्तो सफ्टवयर हो जसले हजुरको महत्वपुर्ण फाइलहरुलाई सुरक्षित तरिकाले राख्न सघाउछँ यस्तो सफ्टवेयरहरु हजुरले इन्टरनेट प्रयोग गरी शशुल्क वा निःशुल्क रुपमा डाउनलोड गर्न सक्नुहुन्छ तर आज हजुरलाई एउटा अत्यन्तै सजिलो टिप्स बताउन गइरहेको छु जसको प्रयोगले हजुरले बिना कुनै डाउनलोड मात्र केही मिनेटमा हजुरको आफ्नै Free Folder Locker बनाउन सक्नुहुनेछ जसको लागि
 
1.सर्वप्रथम तलको बक्समा दिएको कोड कपि गर्नुहोस
Note: तलको कोडमा मैलै Password tekrc राखेको छु हजुरले आफुलाई मनपरेको Password राख्नको लागि तलको  कोडमा रातो कलरमा लेखिएको tekrc लाई हटाई आफुलाई मनपरेको Password राखेर मात्र कपि गर्नुहोला



cls
@ECHO OFF
title Folder Locker
if EXIST "Control Panel.{21EC2020-3AEA-1069-A2DD-08002B30309D}" goto UNLOCK
if NOT EXIST Locker goto MDCAPRIOFILES
:CONFIRM
echo Are you sure to Lock this folder? (Y/N)
set/p "cho=>"
if %cho%==Y goto LOCK
if %cho%==y goto LOCK
if %cho%==n goto END
if %cho%==N goto END
echo Invalid choice.
goto CONFIRM
:LOCK
ren Locker "Control Panel.{21EC2020-3AEA-1069-A2DD-08002B30309D}"
attrib +h +s "Control Panel.{21EC2020-3AEA-1069-A2DD-08002B30309D}"
echo Folder locked
goto End
:UNLOCK
echo Enter password to Unlock Your Secure Folder
set/p "pass=>"
if NOT %pass%== tekrc goto FAIL
attrib -h -s "Control Panel.{21EC2020-3AEA-1069-A2DD-08002B30309D}"
ren "Control Panel.{21EC2020-3AEA-1069-A2DD-08002B30309D}" Locker
echo Folder Unlocked successfully
goto End
:FAIL
echo Invalid password
goto end
:MDCAPRIOFILES
md Locker
echo Locker created successfully
goto End
:End 



2. अब नोटप्याट खोली माथीको कोड पेस्ट गर्नुहोश चित्रमा जस्तै ( locker.bat ) नाम दिएर Desktop मा सेभ गर्नुहोस  


अब यति गरीसकेपछि हजुरले Desktop मा एउटा नयाँ आइकलन देख्नुहुनेछ त्यसमा क्लिक डबल क्लिक गर्नुभयो भने चित्रमा जस्तै Locker नामको एउटा नयाँ फोल्डर बन्छ    

3. अब त्यो नयाँ फोल्डर Locker भित्र हजुरले सुरक्षित रुपमा वा लुकाएर राख्न चाहानुभएको हजुरको महत्वपुर्ण फाइलहरु कपि गरेर राख्नुहोस
4. अब त्यो फोल्डरलाई लक गर्न चित्रमा देखाएको आइकनमा डबल क्लिक गर्नुहोस त्यसपछि खुल्ने नयाँ पेजमा y लेखी Enter दबाउनुहोस    

5. यति गरेपछि हजुरको फोल्डर लक हुन्छ हाइड हुन्छ अब हजुरको लक भएको फोल्डर खोल्न चित्रमा देखाइएको आइकनमा क्लिक गरेपछि खुल्ने नयाँ पेजमा हजुरको पासवर्ड टाइप गरी Enter दबाउनुहोस    
यति गरेपछि हजुरले लक गरेको फोल्डर देखिन्छ अब फेरी केही कुरा राख्न मन लागेमा कपि पेस्ट गरेर त्यो फोल्डर भित्र राख्नुहोस लक गर्नको लागि फेरी स्टेप 4 माझैँ गर्नुहोला खोल्नको लागि स्टेप 5 माझैँ गर्नुहोला




0 comments:

Post a Comment

Popular Posts